PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलनमा उत्रिए अटो व्यवसायी, गाडी बिक्रीको वातावरण बनाउन माग

सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलनमा उत्रिए अटो व्यवसायी, गाडी बिक्रीको वातावरण बनाउन माग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकार र राष्ट्र बैंकको विरोध गर्दै माइतीघरमा धर्ना दिएको छ। सरकारले वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण मिलाउन माग गर्दै  आन्दोलनमा उत्रिएका हुन्।

‘मौद्रिक नीति परिमार्जन गर’, ‘ब्याजदर नियन्त्रण गर’, ‘गरिखान देउ’ जस्ता प्ले कार्ड प्रदर्शन गर्दै बिहीवार दिउँसो अटो व्यवसायीहरुले माइतीघरमा धर्ना कसेका हुन्।

अटो व्यवसायीहरुले यसभन्दा अघि आफ्नो सामाजिक सञ्जालको प्रोफाइल पिक्चर तथा वालमा नाराहरु राखेर अन्दोलन गरेका थिए। त्यस्तै उनीहरुले आफ्नो शोरुम तथा गाडीहरुमा नारा टाँसेर विरोध जनाएका छन्। आन्दोलनको पाँचौ दिन उनीहरु धर्नामा उत्रिएका हुन्।

यसअघि अटोमोबाइलका शोरुम तथा केही गाडीको अगाडि र पछाडि आयात प्रतिबन्ध खोल, गरी खान देऊ, शतप्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गर, देशमा सरकार छ त, मौद्रिक नीति परिमार्जन गर लगायतका नारा लेखिएका ब्यानर टाँसेरले विरोध गर्दै आएका थिए।

प्रतिबन्धका कारण हालसम्म ५६ वटाभन्दा बढी शोरुम बन्द भएका छन् भने सयौंको रोजगारी गुमेको छ। यसरी लामो समयदेखिको आयात प्रतिबन्धका कारण नेपालमा अटोमोबाइल व्यवसाय संकटमा परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell