PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक



पहिलोपोस्ट

कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। बैठक शनिवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ मंसिर २४ गते शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।‘

कांग्रेस केन्द्रीय सम्पादनमा पार्टीका केन्द्रीय पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुसहितको ३७ सदस्यीय समिति रहेको छ। निर्वाचन सम्पन्न भएपछि कार्यसम्पादन समितिको बैठक पहिलोपटक बस्ने भएको छ। बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell