PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपाल टस जितेर ब्याटिङमा: कुशल बेन्चमा, हरिशंकर टिममा



पहिलोपोस्ट

नेपाल टस जितेर ब्याटिङमा: कुशल बेन्चमा, हरिशंकर टिममा
Photo: CAN

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।

सिरिजका यसअघिका तीन खेलमा नेपालले जित निकाल्न सकेको छैन। यसअघि नेपाल स्कटल्याण्डसँग र नामिबियासँग १/१ खेलमा पराजित हुँदा नामिबियासँगको एक खेल नतिजाविहीन बनेको थियो।

बुधवार नामिबियासँगको टिममा खेलेका कुशल भुर्तेल टिम बाहिर छन भने हरिशंकर साहले टिममा पुनरागमन गरेका छन्।

नेपाली सुरुवाती ११ मा कोको?

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुलसन झा, आरिफ शेख, हरिशंकर साह, सागर ढकाल, ललित राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell