PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

खाने होइन त य:मरि? असनमा बनाउनेलाई भ्याइनभ्याइ, किन्नेको भिड

खाने होइन त य:मरि? असनमा बनाउनेलाई भ्याइनभ्याइ, किन्नेको भिड

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : य:मरि पुन्हि नेवार समुदायको मौलिक पर्व हो। नेपाल संवतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ। उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसका रूपमा समेत मनाउने गर्छन्।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरिलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरि बनाई पूजा गरी चढाउने गरिन्छ। यःमरिमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ।

सम्बन्धित समाचार : कसरी आविस्कार भएको थियो य:मरि? व्यावसायीकरणको मार थपिँदा ‘क्रन्ची’ पनि?

पछिल्लो समय य:मरि नेवार समुदाय बाहिर अन्य समुदाय पनि प्रख्यात हुन थालेको छ। जाडो महिनामा पाक्ने य:मरि अहिले बाह्रै महिना पाक्ने गर्छ। होटल र रेष्टुराँहरुमा य:मरिको माग उच्च छ। सपिङ सेन्टरमा रेडिमेड य:मिर नै पाइन्छ। 

य:मरि पुन्हिका दिनमा त काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा य:मरि बेच्ने र खानेको भिड लाग्छ। पहिला दान दिने य:मरि अहिले विस्तारै व्यावसायिक बन्दै गएको छ।

असन र नक्सालस्थित य:मरि पसलका दृश्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell