PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एकदिवसीय क्रिकेटमा सय रन पुर्‍याउनै नेपालको संघर्ष



पहिलोपोस्ट

एकदिवसीय क्रिकेटमा सय रन पुर्‍याउनै नेपालको संघर्ष
फाइल फोटो क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले स्कटल्याण्डविरुद्धको खेलमा सय पुर्‍याउनै नेपाललाई कठिन परेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ रन र दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन्।

ओपनर अर्जुन साउद डकआउट हुँदा अर्का ओपनर आशिफ शेख १ रन बनाएर पभेलियन फर्किए। त्यस्तै ज्ञानेन्द्र मल्लले ९ रन बनाउँदा आरिफ शेखले ६, हरिशंकर साहले १ तथा गुल्सन झाले ५ रन बनाए।

बलिङतर्फ स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र साफयान सरीफले समान २ विकेट लिँदा क्रिस सोल, मार्क वाट र क्रिस्टोफर म्याकबिटले समान १ विकेट लिएका छन्।

२८.१ ओभर चलिरहँदा सोमपाल कामी र ललीत नारायण राजवंशी क्रिजमा छन्। नेपालले ८ विकेट गुमाएर ९७ रन बनाएको छ। ‌ नेपालले फितलो ब्याटिङ गरिरहँदा योगफल कमजोर हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell