PahiloPost

Jul 4, 2025 | २० असार २०८२

नेपालको फितलो ब्याटिङको निरन्तरता, स्कटल्याण्डलाई १ सय २० रनको लक्ष्य



पहिलोपोस्ट

नेपालको फितलो ब्याटिङको निरन्तरता, स्कटल्याण्डलाई १ सय २० रनको लक्ष्य
फाइल फोटो: क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमा समेटिएको हो।

नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा  टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै लय गुमाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदा सोमपाल कामीले १६, दीपेन्द्र सिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन  बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन्।

ओपनर अर्जुन साउद डकआउट हुँदा अर्का ओपनर आशिफ शेख १ रन बनाएर पभेलियन फर्किए। त्यस्तै ज्ञानेन्द्र मल्लले ९ रन बनाउँदा आरिफ शेखले ६, हरिशंकर साहले १ तथा गुल्सन झाले ५ रन बनाए।

बलिङतर्फ स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र साफयान सरीफ र मार्क वाटले समान २ विकेट लिँदा क्रिस सोल, क्रिस ग्रिभेस र क्रिस्टोफर म्याकबिटले समान १ विकेट लिए।

स्कटल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell