PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

यी ७ पूर्व उपप्रधानमन्त्री जो भए पराजित



रासस

यी ७ पूर्व उपप्रधानमन्त्री जो भए पराजित

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १३ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा ७* जना पराजित भएका छन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला झापा ३, सुजाता कोइराला मोरङ २ र विजयकुमार गच्छदार सुनसरी ३ बाट पराजित भए। एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट पराजित भए। यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही २ बाट पराजित भए।

६ जना पूर्वउपप्रधानमन्त्रीहरू भने निर्वाचित भएका छन्। यसरी निर्वाचित हुनेहरुमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल तनहुँ १ र प्रकाशमान सिंह काठमाडौँ १, नेकपा एमालेका विष्णुप्रसाद पौडेल रुपन्देही २, रघुवीर महासेठ धनुषा ४ र टोपबहादुर रायमाझी अर्घाखाँची तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ रहेका छन्।

यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य छन्। एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार दिएनन्।

*७ जना हुनुपर्नेमा  ६ जना भएकाले सच्याइएको। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell