PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चीनमा सूचीकृत भए ५० करोड सवारी चालक



रासस

चीनमा सूचीकृत भए ५० करोड सवारी चालक
फोटो : hk01.com

चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक  सूचीकृत भएका छन्। सवारी साधन र चालक दुवैको सङ्ख्या  विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल सङ्ख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ।

सन् २०१४  देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक  दुई करोड ५० लाखको सङ्ख्यामा बढ्दो छ। हाल दुई चिनियाँ वयस्कमध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ। त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या पाँच करोडभन्दा बढी छ जुन कुल जनसङ्ख्याको १०.९ प्रतिशत हो।

चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको सङ्ख्या तीव्र गतिमा बढेको छ। वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell