PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

घर प्लास्टर गर्ने क्रममा खसेर मजदुरको मृत्यु



पहिलोपोस्ट

घर प्लास्टर गर्ने क्रममा खसेर मजदुरको मृत्यु
प्रतीकात्मक फोटो

बुटवल : पाल्पामा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ। बिहीबार रामपुर नगरपालिका–५, बेझाड बजारस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा खसेर पर्साको छिपहरमाई–३, मंगलापुर घर भएका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको हो।
प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell