काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। उनले शुक्रवार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका हुन्।
कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट पाउँदै सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै, दोस्रो बनेको नेकपा (एमाले)को समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरी ७८ सिट प्रतिनिधिसभामा छ। माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट पुगेको छ।
प्रिय मतदाता,
— Sher Bahadur Deuba (@SherBDeuba) December 9, 2022
नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद । pic.twitter.com/Bd8AtVpYUK