PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जिप दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु



रासस

जिप दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन्।

डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका-१० डंसेलीमा गएराति दुर्घटनामा परेको हो। चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell