PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

आईफोन प्रयोगकर्ताहरुले ट्वीटरमा 'ब्लु टिक'का लागि ११ डलर तिर्नुपर्ने



पहिलोपोस्ट

आईफोन प्रयोगकर्ताहरुले ट्वीटरमा 'ब्लु टिक'का लागि ११ डलर तिर्नुपर्ने
Photo : Getty Images

ट्‍वीटरले आफ्नो ब्लु सब्सक्रिप्सन प्रोडक्टको मूल्य आईफोन एपमार्फत भुक्तानी गर्नेहरुका लागि बढाउने भएको छ। आइफोन एपमार्फत भुक्तानी गर्नेहरुका लागि ब्लु टिकको मूल्य  ७.९९ डलरबाट ११ डलरमा परिवर्तन गर्ने बताइएको छ।

वेबसाइटबाट शुल्क भक्तानी गर्नेहरुलाई भने यो मूल्य ७ डलर मात्रै पर्ने छ। एन्ड्रोइड प्लाटफर्मको लागि पनि मूल्य परिवर्तन हुनेछ कि छैन भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन।

‘द इन्फर्मेसन’ले रिपोर्ट गरे अनुसार यो कदम सम्भवतः एप्पलको विरुद्धमा 'पुसब्याक' हो। एप्पलले आईओएस अपरेटिङ सिस्टममा एपहरू मार्फत प्रयोगकर्ताहरूले गर्ने कुनै पनि भुक्तानीमा ३० प्रतिशत कटौती गरेको थियो। 

ट्‍वीटर प्रयोगकर्ताले आईफोनहरूमा साइन अप गर्नुको सट्टा  प्रयोगकर्ताहरुलाई प्लाटफर्मतिर नै डाइभर्ट गर्न वेबसाइटबाट भुक्तानी गर्दा कम मूल्य निर्धारण गरिएको अनुमान रिपोर्टमा उल्लेख गरिएको छ। 

अक्टोबरमा ट्‍वीटरको स्वामित्व लिएका इलन मस्कले माइक्रो ब्लगिङ साइट, ट्‍वीटरको भेरिफाइड सेवा व्यक्ति, कम्पनी र सरकारहरूका लागि विभिन्न रंगीन जाँचहरू सहित रोल आउट गर्ने योजना बनाएका छन्। 

मस्कले गत हप्ता ट्‍वीटको एक सिरिजमा एप्पलसँग आईफोन निर्माताले सफ्टवेयर विकासकर्ताहरूलाई इन-एप खरिदहरूको लागि लिने ३० प्रतिशत शुल्क लिने लगायतका विभिन्न गुनासो रहेको उल्लेख गरेका थिए ।

उनले कमिसन तिर्नको सट्टा एप्पलसँग 'युद्धमा जान' इच्छुक रहेको सुझाव दिने मिम पनि पोस्ट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell