PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए, मन्दिरको संरचना पनि हटाइयो



पहिलोपोस्ट

कुसुम खोलामा बनाइएका घरटहरा भत्काइए, मन्दिरको संरचना पनि हटाइयो

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैधरुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ। निकुञ्जको कुसुमखोलामा बनाइएका ९ वटा घरटहरा भत्काइएको छ। घरटहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो। विगत दुई-तीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी दिए।

विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन। काजीमानसहित १२ वटा घर सो क्षेत्रमा रहेका छन्। ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँठाउँबाट मानिस घरटहरा बनाउन आउने गरेको उनले जानकारी दिनुभयो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोष्टबाट समेत फर्काउने गरिएको बताए।

उनले भने, 'नियमितरुपमा अवैध ढङ्गले त्यहाँ बनाइएका संरचना भत्काउने गरेका छौं।'

सो क्षेत्रमा समयसमयमा संयुक्त सुरक्षा गस्ती पुगेर बनाइएका घर टहरा भत्काउने गरेको उनले बताए।

दुई वर्षअघि हात्ती लगाइ भत्काउनाका साथै निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो। घरटहरामा आगजनी गरेपछि उक्त विषयले ठूलो चर्चा पाएको थियो। पुनःसो क्षेत्रमा बाहिरबाट मानिस गएर बसोबास गर्न थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell