PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?



पहिलोपोस्ट

प्रचण्ड, बाबुराम र रामचन्द्रबिच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच आज भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ। समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ। दलहरु अहिले नयाँ सरकार गठनको तयारीमा जुटेका बेला तीन नेताबिच छलफल भएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell