PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

असन र महाबौद्धमा राजस्व अनुसन्धान विभागको छापा, १४ वटा गोदाम 'सिल'



पहिलोपोस्ट

असन र महाबौद्धमा राजस्व अनुसन्धान विभागको छापा, १४ वटा गोदाम 'सिल'
असन बजारको फाइल फोटो

काठमाडौं : राजस्व अनुसन्धान विभागले आज असन र महाबौद्ध क्षेत्रमा छापा मारेको छ। विभागको टोली शुक्रबार बिहानै असन पुगेको थियो। टोलीले असन बजारबाट बिहान ४ बजे १०३ पोका कपडा नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा असन पुगेको टोलीले बरामद गरि नियन्त्रणमा लिएको उक्त कपडाको बिल प्रष्ट छैन। त्यसैले भन्सार छली ल्याएको शंकामा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। टोलीले कपडासँगै गाडीचालकलाई पनि नियन्त्रणमा लिएको छ।

यस्तै, विभागले महाबौद्ध क्षेत्रका विभिन्न पसलहरुमा पनि छापा मारेको छ। विभागबाट खटिएका अधिकृतहरुले अनुसन्धानका क्रममा केही पसलहरु 'सिल' समेत गरेको छ। स्रोतका अनुसार सो क्षेत्रका १५ वटा भन्दा बढी पसलका गोदाममा सिल गरिएको छ।

मुख्य सचिव नेतृत्वको केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिले पनि आयात गरिएको विवरण र बजार उपलब्धतामा तालमेल नमिलेको भन्दै अनुगमन बढाउन निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell