PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

पुल्चोक मैदानमा दीक्षित विद्यार्थीले यसरी साटे खुशी

पुल्चोक मैदानमा दीक्षित विद्यार्थीले यसरी साटे खुशी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३९२ जन विद्यार्थी दीक्षित भएका हुन्।

वि सं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ६३ हजार १३७ जनाले ट्रान्सक्रिप्ट लिएका थिए। 'ट्रान्सक्रिप्ट' लिएका विद्यार्थीमध्ये दीक्षान्त समारोहमा भाग लिन १० हजार ३९२ जनाले आवेदन दिएका थिए। आज स्नातक तह तर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३ हजार ५४९, एमफिलमा ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित भएका हुन्।

हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका ११२ वटा आंगिक क्याम्पस रहेका छन्। 

पुल्चोक मैदानमा आयोजित दीक्षान्त समारोह समापन पछि विद्यार्थीहरुले एकआपसमा खुशी साटासाट गरेका थिए। दीक्षित विद्यार्थीहरुलाई उनका बुवाआमा र परिवारका सदस्यहरुले टोपी लगाइएका थिए भने विद्यार्थीहरुले पनि आफ्नो अभिभावकहरुलाई टोपी लगाइदिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell