PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सिनेमा हलमा विश्वकप फुटबल लाइभ नदेखाउन चलचित्र विकास बोर्डको निर्देशन



पहिलोपोस्ट

सिनेमा हलमा विश्वकप फुटबल लाइभ नदेखाउन चलचित्र विकास बोर्डको निर्देशन

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम ८ देखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले निर्देशन दिएको छ।

सिनेमा हलले आजदेखि विश्वकप देखाउन तयारी गरेको चर्चाबिच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार हलहरुलाई पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका हुन्।

'चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची-७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड-७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरेका छौं', अध्यक्ष केसीले भने।

बोर्डले नियमको पालना नगरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell