PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

थाइल्यान्डमा जारी विश्व शारीरिक सुगठनमा प्रज्वलमानलाई कांस्य



पहिलोपोस्ट

थाइल्यान्डमा जारी विश्व शारीरिक सुगठनमा प्रज्वलमानलाई कांस्य

काठमाडौं : थाइल्यान्डको फुकेटमा जारी तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसीपको ६५ केजीतर्फ नेपालका प्रज्वलमान शाक्यले कांस्य पदक जितेका छन्।

थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघको आयोजना भएको च्याम्पियनसीपको पुरुषतर्फको यो समूहमा प्रज्वलले कांस्य हात पारेका हुन्।

४४ राष्ट्रको सहभागिता रहेको खेलमा प्रज्वलको समूहमा ९ प्रतिस्पर्धी थिए। प्रतियोगितामा बहराइनका अब्बास माकी अलीले संवरण जित्दा भारतका योगेश निकामले रजतमा चित्त बुझाए।

च्याम्पियनसीपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले भोलि शनिवार प्रतिस्पर्धा गर्नेछिन्।

संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा थाइल्यान्ड गएको टोलीमा निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ छन् भने प्रशिक्षकमा विश्व शारीरिक सुगठनका रजत पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell