PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा



पहिलोपोस्ट

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा
Photo: Showkat Shafi/Al Jazeera

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०५ औं मिनेटमा ब्राजिलका नेइमारले लुकास पक्वेटाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर जितको मुखमा पुगेको ब्राजिलसँग ११६ मिनेटमा क्रोएसिया बराबरीमा फर्कियो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याउँदा खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टी सुटआउटमा क्रोएसियाले ४-२ गोलअन्तरले जित निकाल्न सफल भयो। क्रोएसियाले प्रहार गरेको सबै प्रहार गोलमा परिणत हुँदा ब्राजिलका पेड्रो र कासेमिरोमात्र गोल गर्न सफल भए। पहिलो पेनाल्टी प्रहार गरेका रोड्रिगो र चौथो पेनाल्टी प्रहार गरेका मार्क्विन्होस गोल गर्न असफल रहे।

यसअघि प्रिक्वाटरफाइनलमा पनि अग्रता लिएको जापानसँग पुनरागमन गर्दै क्रोएसियाले खेल पेनाल्टी सुटआउटसम्म पुर्‍याएको थियो। जसमा ३-१ ले एसियाली टोलीलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो।

हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell