PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

माओवादी केन्द्रले आज गर्दैछ समानुपातिकको सूचीबारे निर्णय



रासस

माओवादी केन्द्रले आज गर्दैछ समानुपातिकको सूचीबारे निर्णय
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निर्क्योल शनिवार गर्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ। संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ। बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ। निर्वाचन आयोगले शनिवारसम्म दलहरूलाई समानुपातिकतर्फको सूची निर्धारण गर्न समय दिएको छ। माओवादीको बैठक शनिवार पुनः बस्नेछ। प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादीले समानुपातितर्फबाट भने २९ सिट पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell