PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार, निर्वाचन कार्यालयमा बुझाए विवरण



रासस

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार, निर्वाचन कार्यालयमा बुझाए विवरण
फोटो : रासस।

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले ११ लाख ८१ हजार चार सय ७२ रुपैयाँको खर्च विवरण शुक्रवार बुझाएका हुन्।

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए।

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए। लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आएका छन्। चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेको कार्यालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell