PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति



रासस

कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति
फाइल फोटो।

धनुषा : जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ।

स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रवार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेड सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell