PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

समानुपातिक सूची टुंग्याउन एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक



पहिलोपोस्ट

समानुपातिक सूची टुंग्याउन एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। बैठक आज शनिवार ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बताइएको छ। बैठकमा समानुपातिकतर्फको सूची निर्धारण गरिने बताइएको छ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फबाट ३४ सिट पाउने भएको छ। संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा २६ जना महिला पठाउनुपर्नेछ।

एमालेबाट चार जना महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। एमालेले महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन २२ जना समानुपातिकतर्फबाट लैजानु पर्नेछ। बाँकी रहेको सिटमा पुरुष पठाउने सक्नेछ।

निर्वाचन आयोगले शनिवारसम्म दलहरूलाई समानुपातिकतर्फको सूची निर्धारण गर्न समय दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell