PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चिसो बढेसँगै कञ्चनपुरमा घट्यो डेङ्गीको सङ्क्रमण



रासस

चिसो बढेसँगै कञ्चनपुरमा घट्यो डेङ्गीको सङ्क्रमण
फाइल फोटो।

बेदकोट : चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गीको सङ्क्रमण कम हुँदै गएको हो।

एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए।

‘पछिल्लो केही महिनायता डेङ्गी सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्,’ उनले भने।

चिसोमा डेङ्गी सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उनले बताए। महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गीका बिरामी फाट्टफुट्ट आउने गरेका छन्।

उनले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन्।’

महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेङ्गीका बिरामी फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell