PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?



पहिलोपोस्ट

क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?
File Photo: Reuters

फिफा विश्वकप अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल अल थुममा स्टेडियममा आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा एकपछि अर्को ठूला टिमलाई पछि पार्दै अघि बढिरहेको मोरोक्को समूह 'एफ' मा क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा विश्वकप विजेतासमेत रहिसकेको स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनलको यात्र तय गरेको थियो। अर्को तर्फ स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल समूह 'एच'मा दक्षिण कोरिया, उरुग्वे र घानालाई पछि पार्दै समूह विजेता बनेको थियो। त्यस्तै प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डमाथि ६-१ गोलको फराकिलो निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। पोर्चुगल र स्वीट्जरल्याण्ड बेलुकी पौने ९ बजे आमनेसामने हुनेछन्।

भरे राति नै हुने अर्को खेलमा इङ्ग्ल्याण्ड र फ्रान्स आमनेसामने हुँदैछन्। इङ्ग्ल्याण्डले समूह 'बी' मा अमेरिका, इरान र वेल्सलाई पछि पार्दै नकआउट चरणमा प्रवेश गरेको थियो। प्रि क्वाटरफाइनलमा सेनेगलमाथि ३-० को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। अर्कोतर्फ विश्वकपको साविक विजेता फ्रान्स समूह 'डी' मा अस्ट्रेलिया, ट्युनिसिया र डेनमार्कलाई पछि पार्दै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको थियो। प्रिक्वाटरफाइनलमा फ्रान्सले पोल्याण्डलाई ३-१ गोलअन्तरले हराएको थियो।

फ्रान्स र इङ्ग्ल्याण्ड भरे राति पौने १ बजे अल बायत स्टेडियममा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell