PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

समानुपातिक सांसदको नाम बुझाउन दलहरु छलफलमा



पहिलोपोस्ट

समानुपातिक सांसदको नाम बुझाउन दलहरु छलफलमा

काठमाडौं : निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सांसदको नाम आज बेलुकासम्म बुझाउन समयसीमा तोकेको छ। यद्यपि प्रमुख दलहरुले अझै पनि समानुपातिक सांसदको नाम फाइनल गरेको छैन।

नेपाली कांग्रेसले आफ्नो दलबाट समानुपातिक सांसदको नाम पठाउन बिहान १० बजेबाट केन्द्रीय कार्यसम्पादन समितिमा छलफल थालेको छ। कांग्रेसले समानुपातिकमा ३२ सिट पाएकोमा २९ महिला र ३ पुरुष पठाउनुपर्ने भएको छ।

यता नेकपा एमालेको तर्फबाट समानुपातिक सांसदको सूची फाइनल गर्न सचिवालयको बैठक राखिएको छ। पार्टीको मुख्यालय च्यासलमा बिहान ११ बजेबाट बैठक शुरु भएको हो। एमालेले ३४ जना सिट समानुपातिकमा पाएको छ। यसबाट १९ महिला र बाँकी पुरुष संसदमा पठाउनुपर्नेछ।

माओवादीले समानुपातिक सूची फाइनल गर्न बिहानै बैठक डाकेको थियो। समानुपातिकमा १४ सिट प्राप्त गरेको माओवादीको फाइनल लिस्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तयारी अवस्थामा रहेको बताइएको छ।

समानुपातिकमा ७ दलले थ्रेस होल्ड कटाएको थियो। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमतले ५- ५ सिट जितेका छन्। सबै पार्टीबाट सूची प्राप्त भएपछि क्लस्टर अनुसार मिलेको नमिलेको हेरी आयोगले सोमबार निर्वाचित समानुपातिक सांसदहरुको अन्तिम सुची प्रकाशन गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell