PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

विकासका लागि नागरिकको सुझाव आवश्यक : प्रकाशमान



पहिलोपोस्ट

विकासका लागि नागरिकको सुझाव आवश्यक : प्रकाशमान

काठमाडौं : कांग्रेस नेता प्रकाशमान सिहंले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको बताएका छन्। काठमाडौं क्षेत्र १ मा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।

मुलुक अहिले पनि जटिल राजनीतिक मोडमा रहेको भन्दै राजनैतिक स्थायित्व प्रदान गर्नु पहिलो रहेको उनको भनाई थियो। जनताको सुशसान प्रतिको चाहना पूरा गरेर अगाडि बढ्नुपर्ने समेत सिंहले बताए।

सिहंले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई आफूले नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने दाबी गरे। यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेकोप्रति आफू गम्भीर रहेकोले अबका दिनमा नागरिकको खबरदारसँगै अगाडि बढ्ने बताए।

उनले आफ्नो विगतको संसदीय कार्यकालमा, आफ्नो क्षेत्र काठमाडौं १ को विकासमा उल्लेख्य योगदान गरेको दाबीसमेत गरे। त्यस्तै उनले काठमाडौं क्षेत्र नं १ देशकै मुटु भएकोले सधैं परिर्वतनशिल नागरिकका आवश्यकता र चाहनाको सवालमा नागरिकले सधै जन प्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए।

आफूले जनताको सेवाको लागि नागरिकका सुझावलाई सहज रुपमा लिँदै त्यस्लाई आफ्नो कार्यमा सकरात्मक रुपमा प्रस्तुत गर्ने बताए। आफूलाई ४ पटक संसदीय नेताको रुपमा विश्वास गरेकोमा धन्यवाद दिँदै सिंहले अबका दिनमा आफ्नो चुनावी एजेन्डा रहेर कार्य गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell