
काठमाडौं : नेपाली कांग्रेसले समानुपातिक सांसद टुंगो लगाएको छ। शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिले ३२ जनाको नाम टुंगो लगाएको हो।
कांग्रेसले पाएको ३२ समानुपातिक सिटमा २९ महिला र ३ पुरुष रहेका छन्। महिलातर्फ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवादेखि गृहमन्त्री बालकृष्ण खाणपत्नी मञ्जु खाणसम्म परेका छन्।
पुरुषमा किन छुटे गोपालमान?
यसैगरी कांग्रेसले पुरुषतर्फ प्रवक्ता डा प्रकाशरण महत, विमलेन्द्र निधि र जीवन परियारलाई सांसदमा पठाउने भएको छ।
कांग्रेसमा सहमहामन्त्री फरमुल्लाह मन्सुर मुस्लिमतर्फ, परियार दलिततर्फ र प्रवक्ता डा. महत खस आर्यतर्फ समानुपातिक सूचीको नम्बर एकमा थिए। यसैगरी विमलेन्द्र निधि मधेसीतर्फ गोपालमान श्रेष्ठ आदिवासीतर्फ र योगेन्द्र चौधरी थारुतर्फ नम्बर एकमा थिए। तर कांग्रेससँग ३ जना पुरुषलाई मात्र संसदमा पठाउन पाउने सुविधा थियो।
त्यसैले, देउवाले आफू निकट डा महत, गोपालमान श्रेष्ठ र निधिलाई समानुपातिकमा पठाउने तयारी गरेका थिए।
यद्यपि, डा शेखर कोइराला पक्षले सहमहामन्त्री परियारलाई समेट्न दबाब दिएपछि श्रेष्ठ छुटेका हुन्। देउवालाई सघाउँदै आएका श्रेष्ठलाई राष्ट्रिय सभामा लाने शर्तमा परियारलाई समानुपातिकमा राख्ने सहमति जुटेको बताइन्छ।
यी ३२ जना जो बन्दैछन् समानुपातिक सांसद
जनजाति
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीताकुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
९. अञ्जनी श्रेष्ठ
खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
थारुतर्फ
१. कल्पना चौधरी
२. विना कुमारी थनेत
मुस्लिमतर्फ
१. जावेदा खातुन जागा
पुरुष
१. जीवन परियार - दलिततर्फ
२. विमलेन्द्र निधि - मधेसीतर्फ
३. प्रकाशशरण महत - खस आर्यतर्फ