PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

घनश्याम भुसाल, प्रभु साह र गंगा चौधरीलाई एमालेले गर्‍यो निष्कासन



पहिलोपोस्ट

घनश्याम भुसाल, प्रभु साह र गंगा चौधरीलाई एमालेले गर्‍यो निष्कासन

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। शनिवार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालयको बैठकले पार्टीविरुद्ध लागेको भन्दै निस्कासन गर्ने निर्णय गरेको हो।

'पार्टीको विरुद्धमा लागेका र पार्टी परित्याग गरेकाले हटाउने निर्णय भएको छ,' प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने। भुसालले पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट सत्ता गठबन्धनको समर्थनमा रुपन्देहीबाट उम्मेदवार बनेका थिए। साह पनि रौतहटमा स्वतन्त्र उम्मेदवार बनेका थिए। दुबै जना एमाले परित्याग गरेर उम्मेदवार बनेका थिए।

केन्द्रीय सदस्यहरु उपेन्द्र साह, कुन्दन कुसवाह रामपृत राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी, टेकबहादुर बलमपाटीलाई पनि पार्टीबाट हटाएको छ। केन्द्रीय निकायका खेम सुवेदी, वाङदी शेर्पा, भक्तबहादुर अधिकारी र लक्ष्मी शाहलाई पनि निस्कासन गरिएको एमालेले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell