PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

माओवादी केन्द्रको समानुपातिकमा बाबुरामलाई पनि भाग, को बन्दैछन् सांसद?



पहिलोपोस्ट

माओवादी केन्द्रको समानुपातिकमा बाबुरामलाई पनि भाग, को बन्दैछन् सांसद?

काठमाडौं : निर्वाचन अघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई उभिए। जनता समाजवादी पार्टी,नेपाल (जसपा) त्यागेर बाबुराम नेसपा मात्रै बनाएनन् प्रतिनिधि सभाको निर्वाचनमा प्रचण्डलाई वाकओभर नै दिए गोरखा-२ मा।

प्रचण्ड चुनावमा सजिलै विजयी हुँदा भट्टराईकी छोरी तथा नेसपाकी नेतृ मानुषी यमी भट्टराई भने माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसियाँ हथौडाबाट पराजित भइन्। काठमाडौं-७ मा माओवादीले गठबन्धनका तर्फबाट मानुषीलाई उम्मेदवार बनाएको थियो।

नेसापाकी मानुषीलाई गठबन्धनको समर्थनमा माओवादीले प्रतिनिधि सभामा विजयी गराउन नसके पनि समानुपातिकमा भने एक जनालाई भाग दिएको छ। मुस्लिम महिलामा माओवादी केन्द्रले बाबुरामको नेसपाबाट उमरावती देवी यादवलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो।

माओवादी केन्द्रले शनिवार समानुपातिक तर्फ २ जना पुरुष र १२ जना महिला गरी १४ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपातिकमा १४ सिट जितेको थियो। समानुपातिक र प्रत्यक्ष गरेर प्रतिनिधि सभामा माओवादीका ३२ सांसद छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell