
बुटवलः लुम्बिनी प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी)बा६ भगवती अधिकारी घिमिरे सांसद बनेकी छन्। पार्टी स्थायी कमिटी बैठकले घिमिरेलाई सांसद बनाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय सदस्य घिमिरे रुपन्देहीको तिलोत्तमा निवासी हुन्।
एकीकृत समाजवादीले लुम्बिनीमा प्रत्यक्षमा एउटा पनि सिट जित्न सकेको छैन। समानुपातिकबाट उनी एक्ली सांसद बनेकी हुन्। यसअघि पनि प्रदेश सभामा समाजवादीबाट रमा घर्तीमात्र सांसद थिइन्।
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ।