हेटौंडाः नेकपा (एमाले) ले वाग्मती प्रदेश सभामा १४ जना समानुपातिक सांसद टुंगो लगाएको छ। निर्वाचन आयोगको निर्देशन अनुसार एमालेले शनिबार नामावली टुंगो लगाएको हो।
एमालेले भारतीकुमारी पाठक, अप्सरा चापागाईँ, मायाकुमारी कार्की, डा. दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ, ठुला थामी र बालकुमारी विश्वकर्मालाई समानुपातिकबाट प्रदेश सभा सदस्य बनाउने निर्णय गरेको हो।
यसअघि पेस भएको बन्दसूचीको क्रमसंख्या अनुसार दलले सांसद टुंगो लगाएको हो।