PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित



पहिलोपोस्ट

पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित
Photo: Showkat Shafi/Al Jazeera

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल थुममा स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १-० गोलअन्तरले हराउँदै मोरोक्कोले फाइनलमा स्थान सुरक्षित गरेको हो। अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने मोरोक्को पहिलो देश हो। अफ्रिकाबाट यसअघि क्यामरुन १९९०, सेनेगल २००२ र घाना २०१० मा क्वाटरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न असफल भएका थिए।

मोरोक्कोको जितमा युसुफ एन नेस्यरीले ४२ औं मिनेटमा निर्णायक गोल गरे। खेल अवधिभर दवाब बनाएर पनि पोर्चुगलले गोल फर्काउन सकेन। खेलको इन्ज्युरी समयमा मोरोक्कोका वालिद छेदिरा दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिँदा टोली १० खेलाडीमा समेटिएको थियो। तर, यसका बावजुत पोर्चुगलले गोल भने फर्काउन सकेन। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने लगातार दोस्रो खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरे। विश्व फुटबलमा महानतम मध्येका यी ३७ वर्षे खेलाडीले विश्वकपको उपाधि या फाइनलसम्मको यात्रा तय गर्न असफल रहे। 

यो सँगै पोर्चुगल क्वाटरफाइनलबाट बाहिरिएको छ। मोरोक्कोले सेमिफाइनलमा फ्रान्स र इङ्ग्ल्याण्डबीच भरे राति हुने खेलको विजेतासँग खेल्नेछ। यसअघि नै अर्जेन्टिना र क्रोएसियाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell