PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा विमोचन



पहिलोपोस्ट

गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा विमोचन

काठमाडौं : गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ सार्वजनिक भएको छ।

तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक हुन्। बुढाथोकीको आत्मकथालाई राजाराम फुंयालले सम्पादन गरेका छन्।

रोटरी डिस्ट्रिक्ट ३२८२ गीतका रचनाकार समेत रहेका बुढाथोकीका एक दर्जन भन्दा पुस्तक प्रकाशन भइसकेका छन्। बुढाथोकीहरुको वंशावली समेत समावेश आत्मकथाको पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए। ८३ वर्षको उमेरमा जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेकोमा सबैले प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell