PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

पर्सा र बारामा भूमिगत सिँचाईको ६ वटा ट्रान्सफर्मर चोरी



पहिलोपोस्ट

पर्सा र बारामा भूमिगत सिँचाईको ६ वटा ट्रान्सफर्मर चोरी

वीरगंज : मधेश प्रदेश सरकार मातहत पर्सामा सिंचाइ सेवा हेर्ने भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गण्डक बहुअरीले संचालन गरेको आयोजनाको ट्रान्सफर्मरहरु चोरी भएको छ। पर्सामा तीनवटा र बारामा तीनवटा गरि कूल ६ वटा ट्रान्सफर्मर चोरी भएको हो। एउटा ट्रान्सफर्मरको मूल्य पाँच लाख पर्ने किसानहरुले बताएका छन् ।

पर्साको वीरगंज महानगरपालिका-२८ बगही, वडा नं. ३१ को कोन्हिया, वडा नं. ३२ को सोलखपुर र बाराको प्रसौनी गाउँपालिका-७ प्रस्टोका, महागढीमाई नगरपालिकाको तुलकुवा र हर्नैयानजीकैको इनर्वामाल गाउँमा जडान भएको डिप ट्युबेलको ६ वटा ट्रान्सफर्मर चोरी भएको किसानहरुले जनाएका छन्।

भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन वीरगंज, गण्डक बहुअरीका प्रमुख डिभिजनल इन्जिनीयर अरविन्दकुमार मिश्रले १५ वर्षपछि पर्सा, बारामा बोरिङको ट्रान्सफर्मर चोरी भएको घटना सार्वजनिक भएको बताए। उनले दुई महिनाको अन्तरालमा ६ वटा ट्रान्सफर्मर चोरी भएपछि प्रहरीलाई जानकारी गराइसकेको बताए। किसानहरुले घटना भएको दुई महिना बितिसक्दा पनि पर्सा, बाराका प्रहरीले चासो नदेखाएको र ट्रान्सफर्मर र चोरको खोजी गर्ने काममा उदासीन देखिएको आरोप लगाएका छन्।

पर्सा र बाराका जिल्ला प्रहरी कार्यालयले ट्रान्सफर्मर चोरीको उजुरी आएको जनाएकको छ। सम्बन्धित निकायले विस्तृत जानकारीसहितको निवेदन दिएपछि आफूहरुले गम्भीर भएर घटनाको छानबिन गर्ने बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। त्यसैगरि, पर्सा प्रहरीका डिएसपी निर्मल बुढाथोकीले पर्सामा चोरी भएको ट्रान्सफर्मर वडा प्रहरी कार्यालय श्रीपुरको कमाण्ड क्षेत्रमा पर्ने भएकोले सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको बताए।

किन चोरी हुन्छ ट्रान्सफर्मर ?

ट्रान्सफर्मर चोरीमा जानकार मिस्त्रीहरु नै संलग्न हुने सिंचाइ विज्ञहरुले बताएका छन्। सामान्य मानिसले ट्रान्सफर्मर चोरी गर्न नसक्ने उनीहरुको भनाइ छ। विद्युतसम्बन्धी जानकारी भएका मिस्त्रीले नै विद्युत् जडान भइसकेको ट्रान्सफर्मर खोलेर त्यसभित्रका तामाको तार र तेलको चोरी गर्न सक्ने उनीहरुको बुझाइ छ। पाँच लाखको ट्रान्सफर्मरमा करिब पचास हजारको तेल र चार लाख मूल्य बराबरको तामाको तार निस्किन्छ। तेल पुनः प्रयोग गर्न सकिन्छ भने तामाको तारलाई बिग्रेको ट्रान्सफर्मर मर्मत गर्न वा गलाएर तामाको भाँडाकुँडा बनाउन सकिने विज्ञहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell