PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

‘रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन’



पहिलोपोस्ट

‘रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन’
फोटो : sports.yahoo.com

रोनाल्डोलाई सुरुमै नखेलाएकोमा आफूलाई कुनै पछुतो नभएको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले बताएका छन्। वर्ल्डकपमा मोरक्कोसँग पराजित भएपछि फर्नान्डोले यस्तो प्रतिक्रिया दिएका हुन्।

कतारमा जारी विश्वकपमा मोरक्कोसँग भएको क्वाटरफाइनल खेलमा प्रशिक्षक फर्नान्डोले रोनाल्डलाई पहिलो हाफमा बेन्चमै राखेका थिए। सामाजिक संजालमा रोनाल्डोलाई नखेलाएको विषय चर्चा पाउँदै गर्दै मोरक्कोले पहिलो हाफमै गोल गर्‍यो। त्यसपछि पोर्चुगलले दोस्रो हाफको ५१ औं मिनेटमा रोनाल्डोलाई मैदानमा उतारेको थियो। त्यसपछि धेरैले अब रोनाल्डोले पोर्चुगललाई जिताउने भन्दै सामाजिक संजालमा लेख्न थाले। तर, मैदान प्रवेश गरेका रोनाल्डोले आफ्नो खेल देखाउन सकेनन् र पहिलोपटक अफ्रिकन टिम मोरक्को विश्वकपको सेमिफाइनल पुग्यो।

स्विटजरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमै राखिएको थियो। जसमा पोर्चुगलले ६-१ ले जित निकालेको थियो। त्यो खेलपछि रोनाल्डो बिना पनि खेल जित्न सकिन्छ भन्ने मान्यता स्थापित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा टिप्पणी गरिएको थियो। रोनाल्डोलाई 'सुपरस्टार नोबडी वान्ट्स' नै लेखियो। स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई ७४ औं मिनेटमा मैदानमा उतारिएको थियो। रोनाल्डो पस्दा यो खेलामा ५ गोल पोर्चुगलले प्रहार गरिसकेको थियो। रोनाल्डोले उक्त खेलमा पनि कुनै गोल गर्न सकेनन्। 

अन्तिम समयसम्म पोर्चुगलले गोल फर्काएर खेललाई बराबरीमा ल्याउने प्रयास गरेका थिए। तर, सेकनन् र 'जिओएटी' (ग्रेटेस्ट अफ अल टाइम्) कहलिने रोनाल्डो रुँदै मैदानबाट बाहिरिन पर्‍यो। खेल कमेन्टेटरहरुले उनी रुँदै गरेको भिडियो प्रशारण भइरहँदा भन्दै थिए : पोर्चुगल इज आउट, रोनाल्डो इज आउट। 

यही प्रसंग निकाल्दै फर्नान्डोले फूटबल समूहमा खेलिने खेल भएकोले मोरक्कोसँगको खेलमा पनि यही दोहोरिएको बताएका हुन्। ‘मलाई कुनै पछुतो छैन,’ सान्तोषले भनेका छन्, ‘मलाई के लाग्छ भने यो टोलीले स्विटजरल्यान्डसँग निकै राम्रो खेल्यो। क्रिस्चियानो रोनाल्डो धेरै राम्रो खेलाडी हो, जति खेर आवश्यक देखियो, उनी मैदान पसे, त्यसैले यसमा कुनै पछुतो छैन।‘

मोरक्कोसँगको हारमा सबैभन्दा दु:खी कोही भए त्यो आफू र रोनाल्डो नै भएको उनको दाबी छ। ‘यदि सबैभन्दा बढी दु:खी कोही छ भने त्यो म र रोनाल्डो नै हो। आवश्य हामी दु:खी छौ। तर यो मेरो कोचको जिम्मेवारी हो भने उनको खेलाडीको,’ कोच फर्नान्डोले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell