PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'डिसेम्बर फल्स' को छायाङ्कन सकियो



पहिलोपोस्ट

'डिसेम्बर फल्स' को छायाङ्कन सकियो

काठमाडौं: आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को छायाङ्कन सकिएको छ। आगामी पुस १५ गतेदेखि रिलिज हुने फिल्मको शनिवार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुटिङ सम्पन्न गरिएको हो।

लाङटाङ क्षेत्रमा हेलिकप्टरबाट उद्धार गरिएको दृश्य छायाङ्कनसँगै ‘डिसेम्बर फल्स’ को इन्ड क्ल्याप भएको हो। यस फिल्ममा आर्यनका साथै उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ।

‘डिसेम्बर फल्स’ मा भारतीय फिल्मकर्मी प्रवीण झालेको निर्देशन रहेको छ। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय छ।

बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले तयार पारेका हुन्। सस्पेन्स लभस्टोरी फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध परिस्थितिलाई समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell