A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67699df8ee98e0.39661539): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67699df8ee98e0.39661539,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.67699df8eedee3.46236739): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.67699df8eedee3.46236739,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.67699df8f29ec9.85924521): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.67699df8f29ec9.85924521,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जब गाउँ फर्किँदा दीपाले देखिन् साथीहरुको घरमा ताल्चा, अनि बनाइन् ‘ड्रिफ्टिङ क्लाउड’
PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

जब गाउँ फर्किँदा दीपाले देखिन् साथीहरुको घरमा ताल्चा, अनि बनाइन् ‘ड्रिफ्टिङ क्लाउड’



लक्ष्मी बलायर

जब गाउँ फर्किँदा दीपाले देखिन् साथीहरुको घरमा ताल्चा, अनि बनाइन् ‘ड्रिफ्टिङ क्लाउड’

काठमाडौं : दीपा श्रेष्ठको बाल्यकाल संखुवासभामै बित्यो। साथीहरुसँग खेल्दै पढ्दै हुर्किइन् उनी। उमेर बढेसँगै सबै साथीहरु सपना पछ्याउँदै गाउँबाट टाढा भए। कोही अमेरिका पुगे त कोही बेलायत। कसैले हङ्कङलाई नै कर्मथलो बनाए। दीपा भने काठमाडौं आइन, नेपालमै बसिन्। व्यस्तताका कारण उनीहरुबिच कुराकानी हुन समेत छोड्यो।

अहिले छुटिएका साथीहरुसँग ‍दीपाको पुन:मिलन भएको छ। कुराकानीका क्रममा जीवनका भोगाईदेखि धुमिल हुँदै गएको बाल्यकालको स्मृतिका पानाहरु पल्टाउँछन् उनीहरु। चुङ्गी खेलेकोदेखि दशैँमा पिङ अनि तिहारमा देउसीभैलो खेलेको र खादबारीमा लाखे नाच हेरेको 'मिस' गरिरहेका छन्। बाल्यकालमा गरेका ‘सिल्ली’ कामहरु सम्झिरहेका छन् उनीहरु। त्यही सम्झनाहरुलाई आधार बनाएर दीपा श्रेष्ठले डकुमेन्ट्री बनाएकी छिन्, ‘ड्रिफ्टिङ क्लाउड’। सो डकुमेन्ट्री शुक्रवार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा प्रिमियर गरिएको थियो।

संखुवासभाको मानेभञ्याङबाट दीपा काठमाडौं आएको २० वर्ष भइसक्यो। ९ कक्षा पढेपछि उनी काठमाडौं आएकी हुन्। आमाबुवा भने संखुवासभामै बस्छन्, बेलाबेला घर जाने गर्छिन् उनी। व्यवस्थापन विषय पढे पनि दीपा पेशाले फोटोग्राफर हुन्। तस्विरमार्फत कथा भन्न निकै मन पर्छ उनलाई।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको 'लकडाउन' सुरु हुनुअघिको समय। त्यतिखेर दीपा कथा खोज्छु भनेर संखुवासभा गइन्। गाउँतिर जाँदा उनले बालसखा साथीहरुको घर देखिन्। अहिले ती घरमा कोही बस्दैनन्। केही घरको ढोकामा ठूलो ताल्चा लगाइएको थियो, केही साथीको घर बिक्री भइसकेको थियो। त्यो दृश्य देखेर दीपालाई निकै दु:ख लाग्यो। अनि सोचिन्, ‘ती साथीहरुसँग अहिलेसम्म पनि सँगै बस्न पाएको भए कति रमाइलो हुन्थ्यो।’ अनि साथीहरुसँग कुरा गर्ने योजना बनाइन् उनले।

‘साथीहरुसँग कुरा नभएको धेरै भइसकेको थियो। फेसबुक र इन्स्टाग्राममा साथी भएता पनि फोटोमा लाइक ‍मात्रै गरिन्थ्यो। तर, कुरा नहुँदा हामीबिचको निकटता हराइसकेको थियो। त्यसलाई स्थापना गर्नका लागि केही योजना बनाए। पुराना फोटोहरु खोजे। जुममार्फत बाल्यकालका सम्झनाबारे कुराकानी गर्न थाल्यौँ। गफगाफ गर्दा हामीहरु फेरि रि-कनेन्ट भयौँ। सोच्दै नसोचेको कुरा निस्क्यो,’ उनले भनिन्।

साथीहरुसँग कुरा गर्दा बाल्यकाल भनेको महत्वपुर्ण रहेछ भन्ने महसुस भयो दीपालाई। त्यसपछि साथीहरुसँगको गफगाफलाई 'डकुमेन्ट्री' बनाउने निधो गरिन् उनले। भन्छिन्, ‘साथीहरुसँगको कुराकानीपछि बाल्यकाल निकै सम्झिए। मानिस जतासुकै भए पनि आफ्नो बाल्यकाललाई नभुल्दो रहेछ। मनमा बचपनका यादहरु रहिरहने रहेछन्। त्यसपछि नै डकुमेन्ट्री बनाउन मन लाथ्यो।’

डकुमेन्ट्री बनाउँदा उनले त्यसको परिणामबारे केही सोचिनन्। उनलाई बस् बाल्यकालका कथा भन्न मन थियो। मनबाट गरिने कामको परिणामको आशा नगरिने उनको भनाई छ।

‘कतिपय कुराहरु मनबाटै गरिन्छ। जो भन्नैपर्ने आवश्यक पनि हुन्छ। यो डकुमेन्ट्री साथीहरुबिचको गफगाफ हो। जीवनमा हरेक कुरा जरुरीले मात्रै गरिँदैन। साथीसँग पनि सधैँ जरुरी कुराले मात्र गफगाफ गरिँदैन नि। कुनै कुराहरु जरुरी नहुँदा पनि गरिन्छ। मैले पनि यो डकुमेन्ट्री अरुलाई रिलेट गरोस् बनाएको होइन। आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको हुँ। जरुरी छ वा छैन त्यो अडियन्सले निर्णय गरुन।’

दीपालाई बाल्यकाल सोच्दाखेरि खुला अनि निलो आकाशमा बादलहरु खेलिरहेको खुब याद आउँछ। 'समर सिजन'मा आकाशमा देखिने बादलहरु सम्झेर डकुमेन्ट्रीको नाम ‘ड्रिफ्टिङ क्लाउड’ राखेको उनले सुनाइन्।

आफूले बनाएको पहिलो डकुमेन्ट्री नै किम्फमा छनोट भएकोमा निकै खुसी लागिरहेको छ उनलाई। ‘पहिलो डेब्यु नै किम्फमा सेलेक्ट भयो। यो मेरा लागि निकै खुसीको कुरा हो। सबैबाट राम्रो प्रतिक्रिया आइरहेको छ। जसलाई मैले पहिलो पाइलाकोरुपमा हेरेको छु,’ उनले भनिन्।

नयाँ फिल्ममेकरलाई अवसर दिएकोमा उनी किम्फप्रति निकै सकरात्मक छिन्। किम्फले महिला सहभागितालाई पनि प्राथमिकतामा राखेको बताउँछिन् उनी।

भन्छिन्, ‘हुनत काम गर्न महिला र पुरुष दुबैलाई गाह्रो हुन्छ। यसअघिको किम्फभन्दा अहिले निकै महिलाहरुका प्रोजेक्टहरु समेटिएका छन्। मेरो पहिलो कामले बिना कनेक्सन पनि अवसर पाएको छ। नयाँ फिल्ममेकरलाई अवसर दिएकोमा निकै खुसी छु।’

तत्काल नै खासै योजना नभए पनि भविष्यमा फिक्सन फिल्म बनाउन मन भएको सुनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell