PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

'हनि ट्रयापिङ'मा संलग्न ३ जना पक्राउ : सुरुमा यौन सम्बन्धको प्रस्ताव, पछि ५ करोडको ब्ल्याकमेलिङ



पहिलोपोस्ट

'हनि ट्रयापिङ'मा संलग्न ३ जना पक्राउ : सुरुमा यौन सम्बन्धको प्रस्ताव, पछि ५ करोडको ब्ल्याकमेलिङ

 

बुटवल : सामाजिक संजालबाट यौन सम्बन्धको प्रस्ताव राख्दै 'ब्ल्याकमेलिङ' गरेको आरोपमा दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक पुरुष र दुई महिला रहेका छन्।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका-६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमका अनुसार पक्राउ परेका उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई ब्ल्याकमेलिङ गर्दै रकम नदिए बलात्कार मुद्धा हाल्ने भनेर धम्की दिँदै आएका थिए।

‘सुरुमा फेसबुक मेसेन्जर र मोबाइलबाट ति व्यवसायीलाइ शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कारको मुद्दा हाल्ने भनि मोटो रकम ब्ल्याकमेलिङ गरेको खुलेको छ,’ डीएसपी गौतमले भने ‘उनीहरुबिचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको छ। नगद ३० लाख बुझिसकेको पाइयो।’

पीडित भनिएका पुरुष विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णी गहतराज डिभोर्स भएकी एकल महिला हुन्। सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गएको र पछि अन्य दुईजना साथीको सहयोगमा बार्गेनिङ सुरु गरेको प्रहरीले जनाएको छ।

पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै पटकपटक ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए। तीनजनाविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell