PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला



पहिलोपोस्ट

मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला

हेटौंडा : मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको इन्द्रसरोवर–३ सिस्नेरीमा गाडेको अवस्थामा स्थानीय महिलाको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार शनिबार साँझ गाडेको अवस्थामा शव फेला परेको सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

कार्कीले घटनास्थलमा तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले अनुसन्धान गरेको बताइन्। शव इन्द्रसरोवर गाउँ–३ ज्यामिरे बस्ने वर्ष ३५ वर्षकी सरस्वती वाईबाको रहेको कार्कीले जानकारी दिइन्।

महिलाको हत्या गरेर गाडिएको हुनसक्ने आशंका गरिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell