PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हेटौंडाको तरकारी बजार राप्ती नदीको किनार नजिक सारिँदै



पहिलोपोस्ट

हेटौंडाको तरकारी बजार राप्ती नदीको किनार नजिक सारिँदै

हेटौंडा : हेटौंडा-१० बसपार्कमा रहेको तरकारी बजार हेटौंडा–१ चौकिटोलको राप्ती नदी किनार नजिक सारिएको छ।

तरकारी बजार नयाँ स्टलहरुमा सारिएको नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए। आइतवार बिहान हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तरकारी बजारको उद्घाटन गरेकी थिइन्। बजारमा तरकारी व्यवसाय भने संचालन भएको छैन।

उपमहानगरपालिका र तरकारी तथा फलफूल व्यवसायी संघको ३ करोड ५० लाख रुपैयाँ लगानीमा तरकारीको थोक बजार निर्माण गरिएको हो। नयाँ बनेको बजारमा ७३ वटा होलसेल र ३३ वटा खुद्रा गरि १०६ वटा स्टल रहेको संघका सहसचिव मनोज साहले जानकारी दिए।

स्टल निर्माणका लागि बसपार्कमा रहेको तरकारी बजारका १०६ जना व्यवसायी प्रत्येकले २ लाख ५० हजार र उपमहानगरपालिकाले ३३ लाख रुपैयाँ लगानी गरेको छ। २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न राप्ती खोलाको उकास क्षेत्रमा जग्गा उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell