PahiloPost

May 29, 2026 | १५ जेठ २०८३

वीरगंजका व्यवसायी अग्रवाल भारतमा मृत फेला



पहिलोपोस्ट

वीरगंजका व्यवसायी अग्रवाल भारतमा मृत फेला

वीरगंजः वीरगंज महानगरपालिका ६ माइस्थान निवासी ५० वर्षीय सुनिल कुमार अग्रवाल मृत फेला परेका छन्। भारतको पूर्वी चम्पारणको छौडादानो रेल्वे क्षेत्रमा अग्रवालको शव फेला परेको छ।

वीरगंज घण्टाघर नजिक रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान मर्निङ वाकमा निस्किएको र दिउँसो १ बजेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि खोजी गरिएको थियो।

शवको मोतिहारीमा पोष्टमार्टम गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरेर शव वीरगंज ल्याउने तयारी भइरहेको छ। घटनाको भारतीय प्रहरीले अनुसन्धान गरिरहेको पनि पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell