PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रशिक्षणमा रहेका प्रहरीका लागि शिक्षालयमा योग विज्ञान शिविर



रासस

प्रशिक्षणमा रहेका प्रहरीका लागि शिक्षालयमा योग विज्ञान शिविर
फोटो : रासस।

भरतपुर : चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ। आइतवार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।

पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो। कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए। योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो।

योग शिविर तीन घण्टासम्म चलेको थियो। पतञ्जलीका संरक्षक पूर्व नायब प्रहरी महानिरीक्षक ज्ञानेन्द्र बहादुर महतले बर्सेनि देशभरका प्रहरीलाई यस्तो शिविरमा सहभागि गराउने लक्ष्य लिइएको बताए।

कार्यक्रममा पतञ्जली योग समिति चितवनका संरक्षक टङ्कनाथ पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सालको गोलियासहित मोटरसाइकल नियन्त्रणमा

चितवन प्रहरीले सालको गोलियासहित तीन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। आज बिहान भरतपुर महानगरपालिका-११ भोजाडस्थित खगेरी पुल नजिकैबाट लुकाइछिपाइ पदमपुरतर्फ लैजाँदै गरेको काठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।

नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लैजाँदै गरेको ना १६ प २०५७, ना ६ प २६४२ र ग ४प ५९४३ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा राखेर लैजाँदै गरेको तीनवटा सालको गोलिया नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार काठ तस्कर अस्थायी प्रहरीचौकी भोजाडबाट खटिएको टोलीलाई देखेपछि काठसहित मोटरसाइकल छाडेर भागेका थिए। काठ र काठ तस्करीमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell