PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

रोमको क्याफेमा गोली चल्यो, प्रधानमन्त्रीकी साथी सहित तीनजना महिलाको मृत्यु



पहिलोपोस्ट

रोमको क्याफेमा गोली चल्यो, प्रधानमन्त्रीकी साथी सहित तीनजना महिलाको मृत्यु
Photo : EPA

इटालीको रोममा रहेको एक क्याफेमा एक व्यक्तिले गोली चलाउँदा तीनजना महिलाको मृत्यु भएको छ। सो घटनामा अन्य चारजना घाइते भएका छन्।

स्थानीय आवास क्षेत्रका बासिन्दाहरुको बोर्ड बैठक चलिरहँदा गोली प्रहार भएको हो। रोमका मेयर रोबर्टो गुएलतेरीले गोली चल्नुलाई 'गम्भीर हिंसात्मक घटना' भन्दै सोमबार आपतकालिन बैठकमा सहभागी हुने बताएका छन्।

प्रहरीले गोली चलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको उमेर ५७ रहेको र आवास क्षेत्रका कमिटीका सदस्यहरुसँग उनको पहिलादेखि नै विवाद रहेको खुलेको छ।

'आइ ह्विल किल यु अल' भन्दै बन्दुकधारी क्याफेमा प्रवेश गरेको र पिस्तोल निकालेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलानीले गोलीकाण्डमा मृत्यु हुने एक महिला आफ्नो साथी रहेको बताएकी छिन्। उनले आफ्नो साथीसँगै मृत्यु हुने अन्य व्यक्तिहरु प्रति समवेदना प्रकट गरेकी छिन्।

प्रधानमन्त्री मेलानीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell