PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

केपी ओली र अर्जुन नरसिंह केसीबिचको २ घण्टा लामो भेटवार्तामा के-के भए कुराकानी?



पहिलोपोस्ट

केपी ओली र अर्जुन नरसिंह केसीबिचको २ घण्टा लामो भेटवार्तामा के-के भए कुराकानी?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा बालकोट पुगेर नेता केसीले भेट गरेका हुन्।

भेटका क्रममा समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र सहकार्यको खाँचोबारे छलफल भएको थियो।

आइतवार साँझ करिब २ घण्टा छलफल भएको हो। सो क्रममा द्वन्द्वकालिन मुद्दाहरु किनारा लगाउने सहमति, चुच्ने नक्सा अनुसारको भुगोल नेपालको हुनुपर्ने, भ्रष्टाचारविरुद्व एक भई लड्ने प्रतिवद्वता तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा पनि घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा दुई नेताले जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell