PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

२२ नम्बरको जर्सी लगाएर मैदान छिरे बालेन, महानगर दिवसमा यस्तो देखियो जनप्रतिनिधि र कर्मचारीबिचको फुटबल

२२ नम्बरको जर्सी लगाएर मैदान छिरे बालेन, महानगर दिवसमा यस्तो देखियो जनप्रतिनिधि र कर्मचारीबिचको फुटबल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगर दिवसको उपलक्ष्यमा आज दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरियो। महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत टोलीबिच खेल भएको हो।

सो खेलमा प्रमुख प्रशासकीय अधिकृत टोली विजयी भएको छ। कर्मचारीको टोलीले ६ गोल गर्दा मेयरको टिमले १ गोल गर्न मात्र सफल भयो।

मैत्रीपूर्ण खेलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि सहभागी भएका थिए। बालेन २२ नम्बरको जर्सी लगाएर खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए। खेलको सुरुवात महानगर उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर गरेकी थिइन्।

२८ औं महानगर दिवसको उपलक्ष्यमा महानगरले साताव्यापी कार्यक्रम गरिरहेको छ। त्यसै अन्तर्गत आज दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको हो।  



ट्रेन्डिङ पोस्ट

Ncell