PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

‘हिमाल हाँक्ने महिला’ : पर्यटन व्यवसायलाई विस्तार गर्न कस्तो छ भूमिका?



रिना थापा

‘हिमाल हाँक्ने महिला’ : पर्यटन व्यवसायलाई विस्तार गर्न कस्तो छ भूमिका?
 तस्विर : नितेश पौडेल  

पोखरा : विश्वको चर्चित गन्तव्यमा पर्छन् नेपालका पदमार्ग र हिमश्रृखंलाहरु। लाखौंको संख्यामा आउने विदेशी पर्यटकलाई पदमार्ग चिनाउने काम गर्छन् पथ प्रदर्शकले। रोमाञ्चक र जोखिमपूर्ण पेशा मानिने यसक्षेत्रमा पुरुष पथ प्रदर्शकको संख्या महिलाको भन्दा बढी छ। पछिल्लो समय यसक्षेत्रमा महिलाको पनि आर्कषण र उपस्थिती उत्साहजनकरुपमा देख्न सकिन्छ।

यही उत्साहमा फरक तरिकाले जोडिन पुगेका छन् महिला पथ प्रदर्शककहरु। हिमालमा आरोहीहरुको बढ्दो आर्कषण र जलजायु परिवर्तनका कारण निम्तिदै गरेको समस्यामा महिलाको भूमिकाको विषयमा बहस सुरु भएको छ। अमेरिकाले सन् २००३ मा डिसेम्बर ११ लाई पर्वतीय दिवसको रुपमा मनाउने घोषण गर्‍यो। त्यसपछि २०११ मा संयुक्त राष्ट्र संघले पनि पर्वतीय दिवस मनाउने निर्णय गरेसँगै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। ‘वुमन मुभ माउन्टेन’को नारा सहित यसवर्षपनि पर्वतीय दिवस मनाएको छ नेपालले। नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय दिवसको आयोजनामा पोखरामा ७ औँ पर्वतीय महोत्सव मनाइएको छ। पर्वतीय महोत्सवमा यो नारालाई प्राथमिकतामा राख्दै अन्तरक्रिया कार्यक्रम भएको थियो। कार्यक्रममा वक्ताका रुपमा उपस्थित थिए पोखराका विभिन्न विद्यालयमा पर्यटन सम्बन्धी अध्ययनरत पाँच जना छात्रा।

बढ्दो जलवायु परिवर्तनका कारण काला पत्थर बन्न लागेका हिमाल र हिमाली क्षेत्रको संस्कृति जोगाउन महिलाको भूमिका के र कस्तो छ स्पष्ट विचार राखे वक्ताहरुले।

'पर्वत हाँक्ने महिला' नारा रहेको दिवसमा आरोही मात्र नभई हिमाली क्षेत्रका पर्यटन महिला व्यवसायी पनि महत्वपूर्ण रहेको विचार राखिन् सरुना केसीले। पर्वत आरोहणमा पर्यटकलाई बस्ने र खानाको व्यवस्थापन गर्न लज खोलेर बसेका महिलाको भूमिका ठुलो रहेको बताईन् उनले।

'पर्वत हाँक्ने महिला भनेर म के बुझछु भने हामीले चाहिँ आरोहीलाई मात्र बुझछौँ। पर्वत आरोही हुनुहन्छ। पर्वत आरोहीहरुरुलाई फुडिङ एण्ड लजिङ महत्वपूर्ण छ भनेर पढेका हुन्छौँ हामीले, 'सरुनाले भनिन्, 'हिमाली भेगमा काम नभएर पुरुषहरु विदेशीने क्रममा निकै बढ्दो छ। तर, त्यस्तो अवस्थामा पनि छोराछोरीलाई हेरेर पर्यटकलाई बस्ने र खाने सुविधा मिलाएर। खुवाउँछु म मेरो घरमा राख्छु व्यापार व्यवसाय गर्छु भनेर अगाडि बढ्नु भएको छ नि त्यो कुरालाई अझ सम्म सम्मान गर्नुपर्छ।'

हिमाली क्षेत्रको संरक्षण र विकासमा दिगोपन शब्द जोडिने उनले भनाइ राखिन्। समाज, संस्कृति,प्रकृति र अर्थतन्त्र दिगोपनको प्रमुख तीन तत्व रहेको प्रष्ट्याइन् उनले।

'दिगोपन वा भन्ने बित्तिकै समाज र संस्कृति, प्रकृति र अर्थतन्त्र। हिमाली भेगको कुरा गरौँ। सशक्तीकरण गर्न फरक पर्छ। म हामी यस्तै वातावरणमा हुर्केको हो मलाई थाहा छ तर उहाँहरु थाहा हुँदैन,' यी तिनै तत्वमा महिलाले महत्वपूर्ण भूमिका खेलेको तर्क राख्छिन् सरिना।

'हिमाली भेगमा महिलाहरुले सामाजिक संस्कृति कसरी जगेर्णा गरेका छन् भन्ने लाग्ला। महिलाले व्यापार व्यवसाय धानेका छन् संस्कृति धानेका छन्। साँझ जानुभयो भने संस्कृतिक नाच देखाउने कार्यक्रम गर्ने महिला हुन्,’उनले थपिन्,‘होटल व्यवसाय गरेर बस्ने महिलाहरुरुले पदमार्गमा जाँदा लालीगुराँस टिप्न दिँदैनन् त्यो भनेको प्रकृति र वातावरण जोगाएको होकि होइन? त्यसैगरि अर्थतन्त्रपनि धानेकै छन्। ट्रेकिङको सिजनमा व्यवसाय गरेर हिउँ पर्नेबेलाको लागि खाना व्यवस्थापन गरेर राख्ने महिलालाई सम्मान गर्न चाहानुहुन्छ कि हुन्न?’

हिमाल संरक्षण र पर्यटन व्यवसायमा महिलाको मात्र भूमिका भने अपुग रहेका भनाइ छ उनको। जति महिला पर्यटन व्यवसायको भूमिका छ त्यति नै पुरुषको पनि सहकार्य आवश्य रहेको विचार छ उनको। भन्छिन्,‘पर्वत आरोहीहरु सँगै पर्यटन व्यवसायी त म गर्छु आइ विल फाइट एगेन्ष्ट त अड भनेर अघि बढ्नहुन्छ। तर, मैले पुरुषहरुले मात्र गर्ने होइन अब भन्न खोजेको चाहिँ होइन। हामी पर्यटन व्यवसायी मिलेर चलाउँ। महिला पुरुष सहकार्य गरेर अगाडि बढौँ।’ सरिनाको विचारमा एकमत छन् अन्य चार वक्ता वर्षा गुरुङ, रोशनी शाही, शोभा पुन र सिर्जा तण्डुकार पनि।

यस्तै ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए। यस विषयमा महिलाको भूमिका जोड्दै पर्यटन बोर्डका निर्देशक धनान्जय रेग्मीले प्रस्तुती दिएका थिए। प्रस्तुती दिँदै नेपालमा पर्यटन व्यवसायमा शेर्पा समुदायका महिला पथ पर्दशकका रुपमा १९२० को दशकमा नै सुरु गरेको बताए। यस्तै त्यसपछि सन् २००० मा आएर यस क्षेत्रमा महिलाको उत्साहजनक उपस्थिती देखिन थालेको छ। त्यसको बीस वर्षपछि यसक्षेत्रमा महिलाको उपस्थिती बढाउन र तालिम दिन विभिन्न संस्थापनि स्थापना भएको छ।

विश्व बैंकले २०१९ मा गरेको सर्वेक्षण अनुसार पर्यटन क्षेत्रमा काम गर्ने महिलाको संख्या उल्लेखनीय छ। विश्वमा ३९ प्रतिशत महिला विभिन्न पेशामा आबद्ध हुँदा ५४ प्रतिशत महिला पर्यटन व्यवसायमा रहेको सर्वेक्षणले देखाएको छ। यस्तै पारिश्रमिकको विषयमा पर्यटन क्षेत्रमा महिलाले पाउने सेवामा विभेद छैन। अन्य पेशामा कुल १६.८ प्रतिशत महिलाले पुरुषको तुलनामा कम पारिश्रमिक पाउँदा पर्यटन पेशामा यसको प्रतिशत १४.७ प्रतिशत छ। यस्तै विश्वका विभिन्न मुलुकमा पर्यटन सम्बन्धी नीति निर्माणमा महिला निर्णयक तहमा पुगेका छन्। जम्मा २०.७ प्रतिशत महिला मन्त्री पदमा रहँदा २३ प्रतिशत महिला पर्यटन मन्त्री जस्तो जिम्मेवार पदमा रहेको सर्वेक्षणले देखाएको छ।

अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको हो। नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell