PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

काठमाडौंमा बिहान र बेलुकी चिसो बढ्यो



पहिलोपोस्ट

काठमाडौंमा बिहान र बेलुकी चिसो बढ्यो

काठमाडौं : काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ।

हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन्।

मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ। आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell