PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

म त अहिले पनि गठबन्धन हुनुहुँदैन भन्छु : मोहन बस्नेत



पहिलोपोस्ट

म त अहिले पनि गठबन्धन हुनुहुँदैन भन्छु : मोहन बस्नेत

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद मोहनबहादुर बस्नेतले आफू अहिले पनि गठबन्धनको विरोधी भएको बताएका छन्। निर्वाचनअघि पनि तालमेलको कडा विरोध गरेका बस्नेत गठबन्धनबाट उम्मेदवार बनेर सिन्धुपाल्चोक क्षेत्र २ बाट चुनिएका हुन्।

‘म अहिले पनि गठबन्धन बिरोधि हो,’ काठमाडौंको नयाँ बानेश्वरमा प्रेस युनियनसम्बद्ध पत्रकारसँग उनले भने, ’गठबन्धन संस्कृतिले राम्रो हुदैन।‘

चुनावको बेला पनि आफूले गठबन्धनको विरोध गर्दा गठबन्धनका अरु दलले भोट नहाल्ने चेतावनी दिएको बस्नेतको भनाई थियो। क्षेत्र १ बाट निर्वाचित माओवादीका माधव सापकोटा सुवोधतिर इंगित गर्दै बस्नेतले आफूलाई भोट नआए आफ्नो पार्टीबाट पनि मत नखस्ने चेतावनी दिएको दाबी गरे।

‘गठबन्धनको विरोध गरेको। कसरी भोट हाल्ने त यस्तो भए भनेर सोधे। मलाई नहाले नहाल, म पनि हाल्दिनँ भन्दिए,’ बस्नेतले भने। आफ्नो क्षेत्र छाडेर २ नम्बरमा आउँदा पनि सबैको राम्रो सहयोग पाएर निर्वाचित भएकोमा आफूलाई खुसी लागेको उनको भनाई थियो। ‘कसैले कसैलाई भन्न सक्ने स्थिति थिएन अन्तर्घातका लागि,’ बस्नेतले भने, ‘त्यसैले राम्रो मत पाएँ।‘

आफूले चुनावी अभियानमा वाचा गरेका सबै काम पाँच वर्षभित्रमा गरिसक्नेसमेत उनले बताए।

‘हाम्रो काम नीति नियम बनाउने हो। तर जनताको काम पनि गर्नुपर्छ भन्ने छ। धेरैले आश गरेका छन्, ‘रिजल्ट तत्काल खोज्छन् जनताले। पुल बनाउने, सिचाइ नदी कटान रोक्ने कामहरु छन्। ती पाँच वर्षमा गरिसक्छु।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell