PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कृषि मन्त्रालयमा बर्तौलाको डेलिगेसन : वाग्मतीमा मलको कोटा बढाउनुपर्‍यो



पहिलोपोस्ट

कृषि मन्त्रालयमा बर्तौलाको डेलिगेसन : वाग्मतीमा मलको कोटा बढाउनुपर्‍यो

हेटौंडा : नवनिर्वाचित सांसद एवं एमाले नेता महेश बर्तौलाले कृषि मन्त्रालय पुगेर वाग्मती प्रदेशका लागि मलको कोटा बढाउन आग्रह गरेका छन्। सोमवार कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मासँग सिंहदरबारमा भेटेर बर्तौलाले उक्त आग्रह गरेका हुन्।

बाली लगाउने समयमा मल नपाएको गुनासो मकवानपुरका किसानले गरेपछि बर्तौला कृषि मन्त्रालय पुगेका हुन्। किसानले तरकारी तथा अन्नबालीमा मल हाल्न नपाइरहेको समयमा तत्काल किसानकहाँ मल पुर्‍याउने वातावरण तयार गर्न आफू मन्त्रालय पुगेको उनले बताए।

भेटमा तरकारी खेती हुने र वार्षिक ३–४ बाली लाग्ने स्थानहरुमा मल कोटा बढाउनुपर्ने, तत्काल आवश्यक पर्ने स्थानहरु र केही महिनामा मात्रै बाली लाग्ने स्थानको पहिचान हुनुपर्ने र सोही आधारमा वैज्ञानिक मल वितरण प्रणाली स्थापना गर्नुपर्ने सांसद बर्तौलाले आग्रह गरे।

उनले अहिले भइरहेको टेन्डर प्रक्रियामा सुधार गर्नुपर्ने, प्रत्येक वर्षको नभैइ ५ वर्षको टेन्डर एकैपटक गर्नुपर्ने, प्रत्येक वर्षको टेन्डर गर्दा हप्ता दिनभित्रै गर्ने व्यवस्थापन गर्नु पर्ने र वाग्मती प्रदेशले पाउने मल अपुग भएको यसको मात्रा वृद्धि गर्न पनि आग्रह गरे।

बर्तौलो सचिवसँग भेटपश्चात गठबन्धनको सरकार किसानको समस्याप्रति बेखवर र गैरजिम्मेवार भएको भन्दै प्रधामन्त्री को बन्ने भन्नेमा लुछाचुडीमा मात्रै नलागी रासायनिक मलको समस्यालाई समाधान गर्न माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell